PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

‘सत्यम्’का लागि भर्चुअल अडिसन आह्वान, पल शाह पनि रहनेछन् फिल्ममा



पहिलोपोस्ट

‘सत्यम्’का लागि भर्चुअल अडिसन आह्वान, पल शाह पनि रहनेछन् फिल्ममा

काठमाडौं : फिल्म ‘सत्यम्’मा अभिनेता पल शाह अनुबन्धित भएका छन्। यसअघि फिल्ममा राजेश हमाल र अनुपविक्रम शाहीको अभिनय रहने खबर सार्वजनिक भएको थियो।

फिल्ममार्फत् यी तीन कलाकारले पहिलो पटक सहकार्य गर्दैछन्।

एक्सन जनरको फिल्ममा कथावस्तु र आफ्नो भूमिका अनुसार कलाकार चयन गर्दै गएको निर्माता रेशम सापकोटाले बताए। अन्य कलाकारका लागि फिल्म युनिटले अडिसन आह्वान गरेको छ। फिल्मका लागि भर्चुअल अडिसनमार्फत् अन्य कलाकार चयन हुने भएका हुन्। देश बाहिरका कलाकार वा अभिनयमा रुची भएकालाई समेट्न भर्चुअल अडिसन आह्वान गरेको बताइएको छ।

भर्चुअल अडिसनमा सहभागी हुन चाहनेले २ मिनेटको आफ्नो अभिनय अथवा नृत्य कलाको भिडियो फेब्रअरी २१ सम्ममा ह्वाट्सएप वा इमेलमार्फत् पठाउन सक्नेछन्। अडिसनको नतिजा एक महिनाभित्र सार्वजनिक हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell