PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नेतृ रामकुमारी झाँक्रीलाई छोड्ने तयारी !



पहिलोपोस्ट

नेतृ रामकुमारी झाँक्रीलाई छोड्ने तयारी !

काठमाडौंः राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई फेरी उपस्थित हुने सर्तमा प्रहरीले छोड्ने तयारी गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। झाँक्रीले लिखित जवाफ दिएपछि आफन्तको जिम्मा लगाउन प्रहरीको तयारी रहेको छ। उनले लिखित जवाफ दिएमा प्रहरीले छोड्ने तयारी गरेको हो। झाँक्रीले आफूलाई निशर्त छोड्नुपर्ने बताउँदै आएकी छिन्।

झाँक्रीले माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी माथि कटाक्ष गरेकी थिइन्। त्यही विषयलाई लिएर प्रधानमन्त्रीको चर्को दवावपछि प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिएको हो। मिनभवनस्थित प्रहरी कार्यालयमा रहेको झाँक्रीलाई रिहा गर्न माग गर्दै पार्टीका नेता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई महाशाखामा पुगेका थिए। झाँक्रीलाई आज नै कागज गराएर छोड्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell