PahiloPost

Jul 3, 2024 | २० असार २०८१

‘फटाह फणिन्द्रे’ मा कर्मा र छुल्ठिम अनुबन्धित



पहिलोपोस्ट

‘फटाह फणिन्द्रे’ मा कर्मा र छुल्ठिम अनुबन्धित

काठमाडौं :  अरुण खड्काको निर्देशनमा फिल्म ‘फटाह फणिन्द्रे’ बन्दैछ। फिल्ममा अभिनेता कर्मा, अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बा केन्द्रीय पात्र रहने भएका छन्।

अपराधको विषय कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा यसअघि सुस्मा कार्की चयन भएकी थिइन्। अन्य कलाकारहरू भने छनौटको क्रममा रहेको निर्माण युनिटले जनाएको छ।

उतक केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ।

अरुणको यो निर्देशकीय डेब्यू हो। यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत फिल्म निर्माण गरेका थिए। फिल्मको छायाँकन चैत्रको पहिलो साताबाट सुरु हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell