PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रजातन्त्र दिवस विशेष कार्यक्रमले प्रभावित गर्‍यो 'मिस नेवा: नेपाल ११४१'को फिनाले



पहिलोपोस्ट

प्रजातन्त्र दिवस विशेष कार्यक्रमले प्रभावित गर्‍यो 'मिस नेवा: नेपाल ११४१'को फिनाले

काठमाडौं : सौन्दर्य प्रतियोगिता मिस नेवाः को १५ औं संस्करणको फिनाले एक साता ढिला हुने भएको थियो। यसअघि फागुन ७ गते हुने भनिएको कार्यक्रम सरकारले आयोजना गरेको प्रजातन्त्र दिवस विशेष कार्यक्रमका कारण प्रभावित भएको हो।

'सरकारको कार्यक्रम पनि प्रज्ञा प्रतिष्ठानमै गर्ने भएपछि एक साता पछाडि सारेका हौं', आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्।

'मिस नेवाः नेपाल ११४१' को घोषणा अब १५ गते हुने भएको छ।

अन्तिम प्रतिस्पर्धाका लागि १५ जना नेवार युवतिहरू छानिएका छन्। नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यो प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष मानन्धरले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell