PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बुटवलमा ओली पक्षको मोटरसाइकल र्‍याली, मुख्यमन्त्री आफैँ पुगे उद्घाटन गर्न



पूजा पन्थी

बुटवलमा ओली पक्षको मोटरसाइकल र्‍याली, मुख्यमन्त्री आफैँ पुगे उद्घाटन गर्न

बुटवल : फागुन १ गते बुटवलमा हुने आमसभाको पूर्वसन्ध्यामा नेकपाको केपी ओली पक्षले मोटरसाइकल र्‍याली निकालेको छ। सयौँ मोटरसाइकल सहभागी र्‍यालीले बुटवल सहर परिक्रममा गरेको छ। मोटरसाइकल र्‍यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरे।

ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दैछ, जसलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओली आउने कार्यक्रम छ। बुटवलमा अहिलेसम्मकै विशाल प्रदर्शन हुने सो पार्टीले जनाएको छ।

सभाको अघिल्लो दिन शुक्रवार बुटवलमा पूर्वजनमुक्ति सेनाको भेला आयोजना गरिएको छ। भेलालाई उद्योगमन्त्री लेखराज भट्ट र मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्दैछन्।

नेकपा ओली समूहले बुटवलमा हुने आमसभालाई आफ्नो शक्ति प्रदर्शनको हिसाबले निकै महत्वका रुपमा प्रचार गरेको छ। मुख्यमन्त्री पोखरेलले बुटवलमा हुने प्रदर्शन ऐतिहासिक हुने जिकिर गरे।

‘भनिने होइन, सहभागी नै २ लाख हुन्छन’, उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell