PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेकपा नेताले झाँक्रीलाई लिएनन् जिम्माः नेतालाई प्रहरीले भने,' त्यसो भए घरबाट ल्याएका हौँ त्यही लगेर छाड्दिन्छौँ'



पहिलोपोस्ट

नेकपा नेताले झाँक्रीलाई लिएनन् जिम्माः नेतालाई प्रहरीले भने,' त्यसो भए घरबाट ल्याएका हौँ त्यही लगेर छाड्दिन्छौँ'

काठमाडौंः राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छोड्ने तयारी गरेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको छ। तर झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएका छैनन्।

 नेता सुरेन्द्र पाण्डेलाई जिम्मा लिन महाशाखा प्रमुख एसएसपी दीपक थापाले अनुरोध गरेका थिए। तर नेता पाण्डेले अस्वीकार गरे। ' उहाँहरूले जिम्मा लिएर जानु भन्नु भएको थियो। तर हामी किन जिम्मा लिने? उहाँ आफै सांसद हो,' नेता पाण्डेले भने।

त्यस्तै नेकपा नेता योगेश भट्टराईले जिम्मा लिन अस्वीकार गरेका छन्। उता रामकुमारी झाँक्रीले भने निशर्त रिहा गर्नुपर्ने बताउँदै आएकी छिन्। कुनै पनि नेताले जिम्मा नलिएमा शंखमुलस्थित झाँक्रीको घरमा लगेर छोड्ने प्रहरीले जानकारी दिएको छ।

'तपाइहरू कसैले जिम्मा नलिने भए हामी घरमा नै लगेर छौड्दिछौं भन्नु भयो,' नेता पाण्डेले भने।

महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। झाँक्रीले लिखित जवाफ दिएपछि आफन्तको जिम्मा लगाउन प्रहरीको तयारी रहेको छ। उनले लिखित जवाफ दिएमा प्रहरीले छोड्ने तयारी गरेको हो। झाँक्रीले आफूलाई निशर्त छोड्नुपर्ने बताउँदै आएकी छिन्।

माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी माथि कटाक्षलाई नै लिएर पक्राउ गरेको प्रहरीले नेताहरूलाई ब्रिफिङ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell