PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

झाँक्रीलाई घरमा लगेर प्रहरीले छोड्दैः पाँच घण्टासम्म के भयो सोधपुछ?



पहिलोपोस्ट

झाँक्रीलाई घरमा लगेर प्रहरीले छोड्दैः पाँच घण्टासम्म के भयो सोधपुछ?

काठमाडौं : राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छोडेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। तर, झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएनन्। त्यसपछि प्रहरीले झाँक्रीलाई शंखमुलस्थित उनकै घरमा लगेको छ।

'हामीले घरमा नै लगेर छाड्न लागेका हौं। उहाँलाई राष्ट्रपति बिरुद्ध दिएको अभिब्यक्तिमा केही प्रश्न गरेर छोडेका हौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले भने। उनले हिजो पनि आज पनि र भोली पनि राष्ट्रपतिप्रति सम्मान भएको बताएपछि छोडेको प्रहरीले जानकारी दिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। झाँक्रीले लिखित जवाफ दिएपछि आफन्तको जिम्मा लगाउन प्रहरीको तयारी रहेको छ। उनले लिखित जवाफ दिएमा प्रहरीले छोड्ने तयारी गरेको हो। झाँक्रीले आफूलाई निशर्त छोड्नुपर्ने बताउँदै आएकी छिन्।

माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी माथि कटाक्षलाई नै लिएर पक्राउ गरेको प्रहरीले नेताहरूलाई ब्रिफिङ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell