PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने



पूजा पन्थी

लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने

बुटवल : लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ। बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २०७७ चैत १९ र २० लगानी सम्मेलन गते निर्णय गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकेको जनाएका हुन्। प्रदेश सरकारको पूर्व योजना अनुसार नै सम्मेलन हुन लागेको उनले जानकारी गराएका हुन्।

उनले भने, ‘लुम्बिनी प्रदेश सरकारले पहिलेदेखि नै लगानी सम्मेलनको तयारी गरिरहेको थियो, त्यहि समयमा कोरोना आयो, हामीले बनाएको योजना अनुसार नै मिति तोकेका हौँ।’

प्रवक्ता चौधरीले सम्मेलनको लागि मिति तोकिएको भएपनि स्थान भने नतोकिएको जानकारी दिए। 

प्रवक्ता एवं मन्त्री चौधरीले भने, ‘यो सम्मेलनको स्थानको विषयमा अझै टुंगो लागेको छैन, यसको लागि स्थान भन्दा पनि ठूलो खालको होटल आवश्यक पर्छ, त्यसको व्यवस्थापन हुन्छ।’

सरकारले बैशाखमा निर्वाचनको मिति तोकेपनि सम्मेलन गर्नलाई निर्वाचन आयोगले निर्णय नगर्दासम्म काम जारी रहने उनले जानकारी दिए। यसको विषयमा आवश्यक समन्वय गर्न लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीलाई संयोजक तोकिएको उनले जानकारी दिए।

लगानी सम्मेलनको लागि अवधारण पत्र बनाइने जानकारी गराउँदै उनले प्रोजेक्ट बैंक लगायतका कामहरु हुने जानकारी दिए। उनले समितिको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सदस्य सचिव तथा सदस्यहरुमा प्रमुख सचिव, प्रदेश मन्त्रालयका सबै सचिवहरु, योजना आयोगका सदस्यहरु रहने गरी काम हुने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell