PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री



पहिलोपोस्ट

पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री

काठमाडौं: राज्यविरुद्धको कसुर अभियोगमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। तर झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएनन्। प्रहरीले उनका श्रीमनको जिम्मामा रिहा गरेको हो।

रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले आफू निशर्त रिहा भएको बताएकी छिन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित निवासबाट पक्राउ गरेको थियो। झाँक्रीले अभियोगबारे लिखित जवाफ दिएपछि आफन्तको जिम्मा लगाउन प्रहरीको तयारी थियो। तर झाँक्रीले आफूलाई निशर्त छोड्नुपर्ने बताउँदै जवाफ दिन अस्वीकार गरेकी थिइन्।

माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिमा भएको एक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीमाथिको कटाक्षलाई लिएर उनलाई पक्राउ गरेको प्रहरीले नेताहरूलाई ब्रिफिङ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell