PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झाँक्रीलाई रिहा गर्न माग गर्दै सडकमा उत्रिएका युवामाथि प्रहरीको लाठी

झाँक्रीलाई रिहा गर्न माग गर्दै सडकमा उत्रिएका युवामाथि प्रहरीको लाठी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेपछि प्रहरीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।

राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा नेतृ झाँक्रीलाई रिहा गर्न युवाले प्रदर्शन गरेका थिए। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन्।

यद्यपि, नेतृ झाँक्रीलाई प्रहरीले रिहा गरिसकेको छ। प्रहरीले झाँक्रीलाई शंखमुलस्थित उनकै घरमा पुर्‍याइदिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell