PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरलाई हराएको आर्मी शीर्षस्थानको एपीएफ भन्दा २ अंक पछाडि



पहिलोपोस्ट

विराटनगरलाई हराएको आर्मी शीर्षस्थानको एपीएफ भन्दा २ अंक पछाडि

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकामाथि त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले ७-० को फराकिलो जित निकालेको हो।

खेलको १७ औं मिनेटमा शर्मिला थापाले आर्मीलाई अग्रता दिलाएकी थिइन्। २२ औं मिनेटमा सपना लामाले अर्को गोल गरिन्। त्यस्तै, ३१ औं मिनेटमा बिमला बिक, ३५ औं मिनेटमा बिमला चौधरी र ३९ औं मिनेटमा रश्मी घिसिङले गोल गर्दा पहिलो हाफमा आर्मी ५ गोलले अघि रह्यो।

त्यस्तै, दोस्रो हाफमा बिमला बिक र शर्मिला थापाले गोल थपे। बिमलाले ५० र शर्मिलाले ५४ औं मिनेटमा गोल गर्दा आर्मीले ७-० को सहज जित निकाल्यो।

जितसँगै ९ खेलबाट २२ अंक जोडेको आर्मी शीर्षस्थानको एपीएफ भन्दा २ अंकले पछाडि छ। शीर्ष स्थानमा रहेको एपीएफले ८ खेलबाट २४ अंक जोडेको छ। पराजयसँगै ९ खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell