PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई



पहिलोपोस्ट

क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई

क्लब विश्वकपको गएराति सम्पन्न फाइनल खेलमा टिग्रेस युएएनएललाई हराउँदै बायर्न म्युनिखले उपाधि जितेको छ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले म्याक्सिकन क्लब टिग्रेसलाई १-० ले हराउँदै उपाधि जितेको हो।

बायर्नको जितमा बेन्जामिन पावार्डले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ५५ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा निर्णायणक गोल गरेका हुन्। बायर्नको जितसँगै क्लब विश्वकपमा युरोपियन क्लबले लगातार ९ नवौ पटक उपाधि जितेको हो। अघिल्लो सिजन इङ्ग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो।

बायर्न म्युनिखको पछिल्ला ९ महिनामा यो छैटौं उपाधि हो। कतारमा आयोजित प्रतियोगितालाई अर्को वर्षको फिफा विश्वकपको ट्रायलको रुपमा हेरिएको छ। फाइनल खेलमा सीमित संख्यामा दर्शकहरुलाई अनुमति दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell