PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महिला लिग: चन्द्रपुरको चुनौती नेपाल पुलिसलाई



पहिलोपोस्ट

महिला लिग: चन्द्रपुरको चुनौती नेपाल पुलिसलाई
फाइल फोटो

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा चौथो स्थानको पुलिससँग छैठौ स्थानको चन्द्रपुर भिड्नेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

आज हुने खेल ८ खेलबाट ११ अंक जोडेको पुलिस जित निकाल्दै तेस्रो स्थानको वालिङलाई पछि पार्न चाहनेछ भने समान ८ खेलबाट ६ अंक जोडेको चन्द्रपुर जित निकाल्दै पाँचौ स्थानको विराटनगरसँग अंकदुरी घटाउन चाहन्छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell