PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

नेपाली भूमिमा भारतीय बालुवा तस्करको दादागिरी : सशस्त्र जवान घाइते, ट्र्याक्टर लगे खोसेर



राधेश्याम पटेल

नेपाली भूमिमा भारतीय बालुवा तस्करको दादागिरी : सशस्त्र जवान घाइते, ट्र्याक्टर लगे खोसेर

वीरगंज : ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबिच झडप भएको छ। पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताइएको छ। ओरिया खोलाको नेपाली भूमि भए पनि भारतीय पक्षले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको छ। साथै उक्त क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबिच झडप तथा विवाद हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell