PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपालले तयारी गरिरहेको ओमन एकदिवसीय सिरिज स्थगित



पहिलोपोस्ट

नेपालले तयारी गरिरहेको ओमन एकदिवसीय सिरिज स्थगित

काठमाडौं: सिडब्लुसी आईसीसी लिग टू अन्तर्गत ओमनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। २०२१ मार्च महिनामा नेपाल, ओमन र युएसए सम्मिलित एकदिवसीय सिरिज स्थगित भएको आईसीसीलाई उदृत गर्दै क्यानले जनाएको छ।

त्यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पीएनजी, ओमन र स्कटल्याण्डबीचको सिरिज र पीएनजी, युएसए र नामबियाबीचको सिरिज पनि स्थगित गरिएको आईसीसीले जनाएको छ।

'बढ्दो कोभिड १९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशहरुबीच रहेको ट्राभल रेस्ट्रिक्सन आदी कारणहरुले तय भएका सिरिजहरु आधिकारिक रुपमा अर्को सूचना नआन्जेल सम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ,' क्यानको विज्ञप्तिमा भनिएको छ।

ओमन सिरिजका लागि क्यानले माघ २२ गते बन्द प्रशिक्षणका लागि ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। यसमध्ये पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका २१ जना खेलाडीको प्रशिक्षण सुरु गरिएको थियो भने बाँकी सिनियर खेलाडीले पछि प्रशिक्षणमा आउने बताइएको थियो।

यसअघि पनि कतारमा सिरिज खेल्न नेपाली टोलीको घोषणा भएर पनि पछि खेल स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell