PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबिच झडपः दुई प्रहरी जवान घाइते, प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत खोसे



राधेश्याम पटेल

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबिच झडपः दुई प्रहरी जवान घाइते, प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत खोसे

वीरगंजः पर्सामा सशस्त्र प्रहरी र  भारतीय बालुवा तस्करबिच झडप भएको छ। झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्।

ओरिया खोलाको बालुवा अवैधरुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबिच झडप भएको हो। पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी आउट पोस्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रूपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरूले लाठी, भाटा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएका छन्। ओरिया खोलाको नेपाली भूमि भए पनि भारतीय पक्षले आफ्नो भूमि भन्दै दावी गर्दै आएको छ। साथै उक्त क्षेत्रमा बर्सेनि नेपाली नागरिक र भारतीयबिच झडप तथा विवाद हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell