PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विरोधको रचनात्मक शैली : हातमा फलामे साङ्लो बेरेर प्रतिगमनविरुद्ध उत्रिए स्रष्टा

विरोधको रचनात्मक शैली : हातमा फलामे साङ्लो बेरेर प्रतिगमनविरुद्ध उत्रिए स्रष्टा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले विघटन गरेको प्रतिनिधिसभा र सबै खाले प्रतिगमनकाविरुद्ध आज कलाकारहरूले  सृजनात्मक प्रदर्शन गरेका छन्।

भृकुटीमण्डपमा विभिन्न कलाकारहरू जम्मा भएर विविध प्रस्तुति दिए। समूह वसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो। उनीहरूले हातमा फलामको साङ्लो बाँधेर विरोध जनाएका हुन्।

'शीतल निवासको  गर्मीले देशमा लु चलेको छ', 'मेरो आँखा छ त्यसैले हेर्न पाउँ भन्छु' लगायत कविताहरूलाई नारा बनाइएको थियो। फिल्मकर्मीदेखि नाट्यकर्मी, कवि एवं अन्य स्रष्टा प्लेकार्ड बोकेर सडकमा उत्रिएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell