PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

अन्तराष्ट्रिय प्रतियोगिता 'सुप्रास्टार सर्च'को फिनालेमा मिस्टर नेपाल सन्तोष उपाध्याय



पहिलोपोस्ट

अन्तराष्ट्रिय प्रतियोगिता 'सुप्रास्टार सर्च'को फिनालेमा मिस्टर नेपाल सन्तोष उपाध्याय

काठमाडौं : मिस्टर नेपाल २०१९ का बिजेता डाक्टर सन्तोष उपाध्याय अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सुप्रास्टार सर्चमा पुगेका छन्। ३७ देशको सहभागी रहेको प्रतियोगिताको टप थ्रीमा पुगेका छन् सन्तोष।

उनीसँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी अन्तिम चरणमा पुगेका छन्। अब अनलाइन भोटिङ र निर्णायकको मतका आधारमा विजेता चयन हुनेछन्। प्रतियोगिताको उत्कृष्ट तीन जनामा पर्नुलाई उपलब्धी भएको बताउँछन् सन्तोष।

'तर पनि उपाधिको महत्व हुन्छ। त्यसैले आम नेपालीबाट माया र मतको अपेक्षा छ', उनले भने। अनलाइन भोटिङ सोमबारसम्म खुला रहने जानकारी समेत दिएका छन्।

इच्छुकले सन्तोषको फोटोमा स्टार क्लिक गरी मत दिन सक्नेछन्।

मिस्टर सुप्रान्यासनल पोल्यान्डमा हुँदै आएको सौन्दर्य प्रतियोगिता हो। सन् २०२० मा कोरोनाका कारण हुन सकेन। अब आउँदो अगस्टमा प्रतियोगिता हुनेछ। जसमा फ्रेन्चाइज नभएका राष्ट्रबाट पनि सहभागी गराउने हेतुले मिस्टर सुप्रान्यासनलले 'सुप्रास्टार सर्च' भर्चुअल प्रतियोगिता गरेको हो। यस प्रतियोगताका बिजेताले मिस्टर सुप्रान्यासनल प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँनेछन्। त्यसका लागि पूर्ण खर्च आयोजकले व्यहोर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell