काठमाडौं : वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री ओलीले पहिले गण्डालाई गराउने काम अहिले प्रहरीमार्फत गराइरहेको आरोप लगाएका छन्।
प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध नागरिक खबरदारी कार्यक्रममा उनले यस्तो बताएका हुन्।
पहिले गुण्डा मार्फत गराउने काम अहिले ओलीले प्रहरी मार्फत गराउँछन्- डा. गोविन्द केसी https://t.co/gBkvP6OuOW pic.twitter.com/W8IeCS33G8
— PahiloPost (@PahiloPost) February 12, 2021
तीन करोड जनता लडेर ल्याएको प्रजातन्त्रमा बोल्न पाइने भन्दै उनले ओली आए देखि नै वाक स्वतन्त्रतामा प्रहार गर्न थालेको आरोप लगाए।
'प्रहरीलाई नी अहिले ओली जीले हिजो गुण्डलाई गराउने काम अहिले प्रहरी मार्फत गराइरहनुभएको छ,' उनले अगाडि भने, 'मैले देखेको छु भोगेको छु। प्रहरीलाई दोष दिँदिन्। किन भने उनीहरुले जो मन्त्री आयो जो प्रधानमन्त्री आयो त्यसैको आदेश पालना गर्ने हुन्। शासकनै निरंकुश छ भने देखि प्रहरीले गर्ने विचरा?'
उनले दोष प्रहरीको नभइ 'तानाशाह ओली'को दोष भएको बताए। उनले ओली सुरु देखि नै निरंकुस तानाशाह बन्दै गएकोसमेत बताए। 'मैले पहिले देखिनै भन्दै गर्या थिएँ। धेरैले मलाई भन्नुभयो अहिले नभनम यो। त्यो होइन भन्नु भयो,' डाक्टर केसीले भने, 'उनले त देखाइसक्या थिए। त्यो मात्र नभएर आफ्नो स्वार्थका लागि, घृणित स्वार्थका लागि प्रतिनिधिसभा नै विघटन गरिदिए। त्यो भनेको संविधानको हत्या गरे। र प्रजातन्त्रको हत्या गरे।'
ओली आउने वित्तिकै पहिलो प्रहार प्रजातन्त्र माथि गरे- डाक्टर गोविन्द केसी pic.twitter.com/cfpWIOBoYW
— PahiloPost (@PahiloPost) February 12, 2021
कार्यक्रममा बोल्दै प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमका विरुद्ध सबै बुद्धिजिवीहरु एकै ठाउँमा आउनुपर्ने बताए। सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको उनको आरोप थियो।
