PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

चन्द्रपुरमाथि नेपाल पुलिसको जित



पहिलोपोस्ट

चन्द्रपुरमाथि नेपाल पुलिसको जित
तस्बिर एन्फा

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले ३-० गोलअन्तरले जित निकालेको हो।

पुलिसको जितमा शृजना खड्का, निर्मला बिक र रेखा पौडेलले गोल गरे।

खेलको सातौं मिनेटमै खड्काको गोलमा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको पुलिसका लागि दोस्रो हाफमा निर्मलाले अर्को गोल गरिन्। उनले खेलको ५४ औं मिनेटमा गोल गर्दा रेखाले ८५ औं मिनेटमा गोल गरिन्।

जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ। दुबै टोलीको समान १४/१४ अंक छ। त्यस्तै चन्द्रपुर ६ अंकसहित तालिकाको छैठौं स्थानमा छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell