PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कान्तिदेवी कुशवाह हत्या प्रकरण : घटनाको पाँच दिनपछि हत्यामा सम्लग्न दुई जना पक्राउ



राधेश्याम पटेल

कान्तिदेवी कुशवाह हत्या प्रकरण : घटनाको पाँच दिनपछि हत्यामा सम्लग्न दुई जना पक्राउ

वीरगंज: बारा प्रहरीले बाराकी कान्तिदेवी कुशवाहको हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा हत्याका अभियुक्तहरुलाई पक्राउ गरेको जानकारी गराइएको थियो।

महागढीमाई नगरपालिका १ बरियारपुर (मठवा टोल) की ४८ वर्षीया कान्तिदेवीको गत माघ २५ गते राति हत्या भएको थियो। सोही घटनामा प्रहरीले बाराको महागढीमाई नगरपालिका १  का ४२ वर्षीय लालबाबुप्रसाद कुशवाह र कान्तिदेवीकी छिमेकी वर्ष ४८ की धनेश्वरीदेवी कुशवाहलाई पक्राउ गरेको हो।

घटनापछि बारा प्रहरीले डिएसपी गौतम मिश्रको संयोजकत्वमा ९ सदस्यीय छानबिन टोली गठन गरेको थियो। त्यस्तै, प्रदेश २ प्रहरी कार्यालयले पनि डिएसपी ज्ञानकुमार महतोको कमाण्डमा छानबिन टोली गठन गरेको थियो। 

अनुसन्धानका क्रममा बारा प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएको थियो। घटनास्थलमा फेला परेको रातो गम्छा र औँठीको सनाखतका लागि प्रहरीले अष्ठयाम पूजामा गम्छा लिएका सबैलाई सोधपुछ गरेको छ। 

लालबाबु पहिलेदेखि आपराधिक घटनामा संलग्न भएको र धनेश्वरीदेवीको परिवारसँग जग्गा तथा सम्पत्तिको विवाद र रिसइबी रहेकाले दुवैको योजनामा उक्त घटना घटाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्छ छ। आरोपितले घटनामा संलग्नता स्वीकार गरेको प्रहरी प्रवक्ता मिश्रले बताए।

धनेश्वरीदेवीले कान्तिदेवीको हत्या गर्न लालबाबुलाई लगाएको प्रहरीको निष्कर्ष छ। पक्राउ परेका लालबाबुले २०५९ देखि २०६१ सालसम्म तीन वटा डाँका मुद्दा, एउटा हातहतियार तथा खरखजाना मुद्दा र एउटा सार्वजनिक अपराध मुद्दामा सजयसमेत भोगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell