PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

तस्विरमा महिला मार्च, ‘नेपाल पुरुष प्रधान राष्ट्र हो’

तस्विरमा महिला मार्च, ‘नेपाल पुरुष प्रधान राष्ट्र हो’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बलात्कारका घटना बढ्दै गएपछि त्यसको विरोधमा युवाले काठमाडौंमा ‘महिला मार्च’ निकालेका छन्। शुक्रवार वसन्तपुरबाट शुरु भएको महिला मार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो।

सो क्रममा उनीहरुले बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु नहुने लगायतका माग राखेका थिए। निर्मला पन्तदेखि भागरथी भट्टसम्मलाई तत्काल न्याय दिनुपर्ने उनीहरुको माग थियो।

मार्चमा ‘ए हजुर! एउटा प्रश्न सोध्न पाईन्छ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ?’, ‘घरभित्र लोग्नले कुट्छ, घर बाहिर सत्ताले लुट्छ’, ‘बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ’ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो।

मार्चपासमा सहभागीहरुले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको अन्त्यका लागि माग राखेका थिए। सो क्रममा सहभागी महिला कलाकारले महिलाविरुद्धको हत्या हिंसा लगायत बारे प्रतिकात्मक नाटक समेत प्रर्दशन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell