PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

'तिम्रा कानून चाहिँदैन, छोरी मार्न पाइँदैन' भन्दै सडकमा निस्किए पद्मकन्याका विद्यार्थी

'तिम्रा कानून चाहिँदैन, छोरी मार्न पाइँदैन' भन्दै सडकमा निस्किए पद्मकन्याका विद्यार्थी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बलात्कारका बढ्दो घटनाको विरोध र बलात्कारपछि हत्या भएकी भागरथी भट्टका लागि न्यायको माग गर्दै र्‍याली आयोजना भयो। शनिवार 'बलात्कारी हत्याराहरूलाई सार्वजनिक गर्' भन्ने नाराका साथ पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले आँखामा कालोपट्टी बाँधेर बलात्कार र बलात्कारीपछिको हत्याको श्रृङ्खला बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधीले उन्मुक्ति पाउन नहुनेलगायत माग गरेका थिए। त्यहाँ 'बलात्कारी सरकार मुर्दावाद', 'बलात्कारीलाई फाँसी दे', 'हत्यारालाई सार्वजनिक गर्', 'तिम्रा कानून चाहिँदैन, छोरी मार्न पाइँदैन'जस्ता नारा लगाइएको थियो।

विरोध र्‍याली पद्मकन्या क्याम्सपदेखि माइतिघर मण्डलसम्म पुग्यो। माइतिघर पुगेर प्रदर्शकहरूले भागरथीलाई श्रद्धाञ्जली दिँदै दीप प्रज्जवलन गरे।

दश दिनअघि बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा भेटिएकी थिइन् १७ वर्षीय भागरथी। उनको मृत्युको कारण, बलात्कारपछि हत्या भन्ने खुलिसकेको छ। हालसम्म अपराधी पक्राउ भने परेका छैनन्।



ट्रेन्डिङ पोस्ट

Ncell