PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बुटवलमा सुरु भयो नेकपा ओली पक्षको जनसभा



पूजा पन्थी

बुटवलमा सुरु भयो नेकपा ओली पक्षको जनसभा

बुटवल : लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा नेकपा ओली पक्षको जनसभा सुरु भएको छ। बुटवलको सिद्धेश्वर माध्यमिक विद्यालयको प्राङ्गनमा आयोजना गरिएको सभामा नेकपा ओली पक्षले २ लाख समर्थक उतार्ने दाबी गरेको छ।

नेकपा ओली पक्षको प्रदेश कमिटीका अनुसार रुपन्देही जिल्लाबाट मात्र १ लाख समर्थक र बाँकी ११ जिल्लाबाट प्रतिनिधिमुलक ढंगले थप १ लाख समर्थकको सहभागिता रहने बताइएको थियो।

ओली पक्षले तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको दिन पारेर फागुन १ गते सभा आयोजना गरेको हो। कार्यक्रमका लागि १ हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ। कार्यक्रममा प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरू लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संवोधन गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell