PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रचण्ड-माधव समूहलाई ओलीको चुनौती: 'मान्छे हेर मान्छे हेर' भनेको सुन्छु, चुनावमा आउनुस् न मतपेटिकामै गनौला



पहिलोपोस्ट

प्रचण्ड-माधव समूहलाई ओलीको चुनौती: 'मान्छे हेर मान्छे हेर' भनेको सुन्छु, चुनावमा आउनुस् न मतपेटिकामै गनौला

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भए संसदमा कसैको पनि बहुमत नहुने बताएका छन्।

बुटवलमा आयोजित नेकपाको ओली पक्षको सभामा उनले यस्तो बताएका हुन्। उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको भन्दै अदालतले देशलाई अस्थिरतामा लैजाने काम नगर्नेसमेत बताए। 'संसद पुन:स्थापना भए कसैको पनि बहुमत हुँदैन। फेरि किनबेचको चलखेल चल्छ। बाँकी डेढ वर्षमा लोकतन्त्रको हुर्मत लिइने छ,' उनले भने।

उनले प्रचण्ड- माधव नेपाल समूहलाई सभामा नभइ चुनावमा आएर देखाउन चुनौती दिए। 'यदि कसैलाई लोकप्रिय लागेको छ भने आउनुस् न चुनावमा। उहाँहरुले 'मान्छे हेर मान्छे हेर' भनेका छन्। आउनुस् न चुनावमा। हेर्ने मात्र किन? गनौला नि मतपत्रमा,' उनले भने, 'अबको चुनावमा हामीले ५० लाख समानुपातिक मत ल्याएर देखाउँछौँ। त्यो घटाएर देखाउनुस् न। प्रत्यक्षमा बहुमत ल्याउँछौँ। त्यसलाई घटाएर देखाउनुस् न।'

उनले हिजो प्रचण्डले युवाहरुलाई शहीदको पंक्तिमा लाम लाग्न सिकाएको र त्यसलाई सत्तामा पुग्ने भर्‍याङ बनाएको आरोप लगाए। 'हिजो प्रचण्डले उचालेर झुटो सपना देखाएर टुहुरो बनाए। अंगभंग गराए। ती सबैलाई अहिलेको सरकारले हेर्छ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell