PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

निर्मला र भागरथी हत्या काण्डका अपराधीलाई पानी मुनि गए पनि छाडिने छैन : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

निर्मला र भागरथी हत्या काण्डका अपराधीलाई पानी मुनि गए पनि छाडिने छैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गरेका छन्। बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्ता घटनाका अपराधीहरू पक्राउ गरी छाड्ने दावी गरेका हुन्।

प्रधानमन्त्री भने, 'निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्या काण्ड होस्। यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिने छैन। विश्वका कुनै भागमा भागेर पुगेपछि छोडिने छौं।'

प्रधानमन्त्री ओलीले केही समयभित्र नै भागरथीका हत्यारालाई समात्ने दावी गरेका छ। माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो। उनको बलात्कारपछि हत्या गरेको खुलेको छ। तर घटना भएको एक साता बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन।

प्रधानमन्त्री ओलीले भने, 'दुई दिन चार दिन भाग्लान्, उम्किएलान्, एक वर्ष उम्किएलान्। एक वर्ष डरले थर्कमानको जिन्दगी बिताएर बस्छन्। सजाय घट्ने वाला छैन।'

दुई वर्ष पुरा भइसक्दा पनि २०७५ साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन। जसको कारण सरकारको आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell