PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मोटरसाइकल चोरीमा संलग्न ४ जना ट्राफिक महाशाखाको नियन्त्रणमा



पहिलोपोस्ट

मोटरसाइकल चोरीमा संलग्न ४ जना ट्राफिक महाशाखाको नियन्त्रणमा

काठमाडौं : ट्राफिक महाशाखाले काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट पल्सरसहित धादिङको गजुरीका धन बहादुर तामाङलाई वास्तविक नम्बर परिवर्तन गरि बा प्र ३-०२-०२० प ४८२४ राखेको अवस्थामा पक्राउ गरेको हो। त्यस्तै, बल्खुबाट २२० सीसीको एनएस पल्सर मोटरसाइकलसहित धादिङ थाक्रेका ईन्द्र तामाङ र रिखीलाल तामाङलाई प्रदेश ३-०२-०११ प ८९२९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान एवं सोधपुछ गर्दा मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ का निरश थिङ भएको तथ्य पत्ता लागेको थियो। प्रहरी टोलीले सूचना संकलन एवं खोजतलास गरी विशेष सुराकीको आधारमा थिङलाई बल्खुबाट पक्राउ गरेको उनले बताए।

मोटरसाइकल चोरीका सूचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो। विशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ हुने क्रम बढेको छ।

माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिई मोटरसाइकल चोरी मुद्दामा कारबाहीका लागी विभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell