PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ'



राधेश्याम पटेल

'अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ'

वीरगंज : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। वीरगंजमा शनिबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो प्रदेश सधारणसभामा सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन्। उनले सरकारले लोकतन्त्रमा प्रहार गर्न संसद् विघटन गरेको र प्रेस स्वतन्त्रतालाई कुण्ठित र नियन्त्रण गर्न अनलाइन निर्देशिका ल्याउने तयारी गरेको बताउँदै निर्देशिकाले प्रेस स्वतन्त्रतालाई समाप्त पार्न लागेको आरोप लगाए।

उनले लोकतन्त्रका लागि महासंघ सदैव संघर्ष गरिररहने बताए। उनले विगतमा मिडिया काउन्सिल विद्येयकजस्तै निर्देशिकाविरुद्ध पनि महासंघ संघर्षमा जाने बताए। पत्रकारको वृति विकास तथा अन्य समाजिक सुरक्षाको महासंघ तत्पर रहेको उनले बताए।

महासंघका केन्द्रीय महासचिव रमेश विष्टले संसद् विघटन गरेर प्रधानमन्त्रीले लोकतन्त्रमाथि धावा बोलेको बताए।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रधानमन्त्रीले बन्दुक र बुलेटको ज्याकेट लगाउन बाँकी राखेको आरोप लगाए।

पुरस्कार झा र नेपाललाई

उद्घाटन सत्रमा २५ हजार राशी बराबरको प्रादेशिक पत्रकारिता पुरस्कार २०७६ बाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा र प्रादेशिक पत्रकारिता २०७७ बाट नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघन नेपाललाई पुरस्कृत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell