PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

उर्जामन्त्रीले खिचे अर्थमन्त्रीको फोटो, प्रधानमन्त्रीको पोडियम घरी यता घरी उता : ओली गुटको बुटवल भेलामा देखिएका फरक दृश्य

उर्जामन्त्रीले खिचे अर्थमन्त्रीको फोटो, प्रधानमन्त्रीको पोडियम घरी यता घरी उता : ओली गुटको बुटवल भेलामा देखिएका फरक दृश्य

पूजा पन्थी/पहिलोपोस्ट


बुटवल : शनिवार बिहानैबाट बुटवलमा रौनक छाएको थियो। कारण, नेकपा(केपी ओली) समूहले बृहत सभा। हजारौंको संख्याको जमघट पनि हुँदै थियो।  बिहान ११ : ३० मा शुरु गर्ने कार्यक्रम राखिएको थियो। बेलैमामा ठाउँठाउँबाट कार्यक्रमस्थलमा कार्यकर्ता आइपुगे पनि कार्यक्रम भने १ बज्नै लाग्दा बल्ल शुरु भयो।

प्रधानमन्त्री केपी शर्मा ओली आउने भएकोले सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो। अर्को थियो कोरोनाको डर।

मञ्चमा २ तर्फ पोडिएम राखिएको थियो। बायाँतिर मुख्यमन्त्रीसम्म र दायाँतिर प्रधानमन्त्रीका लागि। मिडियाका बुम(माईकहरु)भने मञ्चको दायाँ तर्फको पोडिएमा राखिएको थियो। प्रत्यक्ष प्रसारण गर्नेको भिड उस्तै।

दायाँ तर्फको पोडिएममा बुम मिलाएपछि पनि पटक पटक सेनिटाइज गरेको प्रष्ट देखिन्थ्यो। प्रधानमन्त्रीको लगि छुट्टाईएको कुर्सीको अगाडि पनि सेनिटाइजर देख्न सकिन्थ्यो।

बोल्ने क्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसम्म बायाँ तर्फको पोडियमबाट बोले। पालो अर्थमन्त्री विष्णु पौडेलको आयो। उनी मञ्चको दायाँ तर्फको पोडिएममा बोल्न थाले। सुरक्षामा खटिएका ब्यक्तिहरुले केही कुरा पौडेलको कानमा भने, लगत्तै उनी मञ्चको बायाँ पोडिएममा गएर आवाज आएन भन्न थाले। एकछिनमा उनी बायाँतिरकै पोडियमबाट बोल्न थाले।

यो मात्रै होईन, अन्य घटनाहरु पनि देख्न पाईन्थ्यो। मञ्चमा एक वक्ता बोलिरहेको अवस्थामा फोटो खिचिरहेको देख्न पाईन्थ्यो ।

अर्थमन्त्री विष्णु पौडेल बोलिरहँदा उर्जामन्त्री टोपबहादुर रायमझीले उनी आफु बसेको ठाउँबाट उठेर अर्थमन्त्रीको फोटो खिचे। सभामा सहभागीको फोटो खिचे। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि अर्थमन्त्री पौडेल बोलिरहँदा उनकै पछाडिबाट फोटो खिचे र मञ्चबाट बाहिरिए।

अर्थमन्त्री पौडेल बोलिरहँदा कायक्रम सञ्चालक भुमिश्वर ढकाल र एक स्वंयमसेवकले प्रधानमन्त्री बोल्नका लागि तयार पारिएको पोडिएम बोक्न थाले। प्रधानमन्त्रीको लागि छुट्टईएको सोफा अगडिसम्म पुर्‍याए, पत्रकारहरुले फोटो भिडियो खिच्न नमिल्ने भयो भनेपछि पुनः दुबै जना पोडिएम बोक्नतर्फ लागे।

फोटो खिचेर निस्केका मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री ओलीको साथमा पुन मञ्चमा आए। अन्तिम वक्ताको रुपमा अर्थमन्त्री बोलिरहँदा आएका ओलीलाई देखेर उपस्थित कार्यकर्ताले 'केपी ओली आई लभ यु' भन्दै नाराबाजी गर्न थाले। भिडलाई सम्हाल्न स्वंयमसेवकलाई हम्मेहम्मे परेको थियो।

प्रधानमन्त्रीले आसन ग्रहण गरेसँगै गायक बैकुण्ठ महत र गायिका प्रिया भण्डारीले 'अभियान छाडेर नजाउ साथी हो' बोलको गीत गाए। गीतमा नाच्नेको होडबाजी नै चल्यो। सभामा बालबालिकाहरु पनि झण्डा बोकेर नाचिरहेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell