PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रिमियर लिगमा लिभरपुलको लगातार तेस्रो हार



पहिलोपोस्ट

प्रिमियर लिगमा लिभरपुलको लगातार तेस्रो हार
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरले लिभरपुल ३-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा खेलको पहिलो गोल गरेको थियो। खेलको ६७ औं मिनेटमा रोबर्टो फर्मिन्होको पासमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दिलाए। तर घरेलु टोली त्यसपछि पुनरागमन गर्न सफल भयो।

खेलको ७८ औं मिनेटमा जेम्स म्याडिसनले गोल बराबरीमा ल्याउँदा ८१ औं मिनेटमा जेमी भार्डीले लेस्टरलाई अग्रता दिलाए। त्यस्तै ४ मिनेट भित्रै हार्भे बार्नेसले गोल गर्दा लेस्टरले ३-१ गोल अन्तरले जित निकाल्यो।

जितसँगै लेस्टर २४ खेलबाट ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उता लिभरपुलले भने प्रिमियर लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ। २४ खेलबाट ४० अंक जोडेको लिभरपुल तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell