PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

टोटेनहम म्यानचेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

टोटेनहम म्यानचेस्टर सिटीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटेनहममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले टोटेनहममाथि ३-० गोलअन्तरले जित निकालेको हो।

सिटीले खेलको २३ औं मिनेटमा रोड्रीको गोलमा अग्रता बनाएको थियो। उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गर्दा पहिलो हाफमा सिटीले एक गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा इल्के गुण्डोगनले गोल गरे। खेलको ५० औं मिनेटमा रहीम स्ट्रलिङको पासमा गोल गरेका उनले ६६ औं मिनेटमा अर्को गोल थप्दा सिटीले टोटेनहममाथि ३-० गोलअन्तरले जित निकाल्यो।

जितसँगै सिटीले अंकतालिकामा ७ अंकको अग्रता बनाएको छ। २३ खेलबाट ५३ अंक जोडेको सिटी शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको लेस्टर सिटीले २४ खेलबाट ४६ अंक जोडेको छ। पछिल्ला पाँचखेलमा ४ हार ब्यहोरेको टोटेनहम भने ३६ अंक जोड्दै तालिकाको ९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell