PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

एट्लेटिको मड्रिडले ग्रानडालाई हरायो, शीर्ष स्थानमा आठ अंकको अग्रता



पहिलोपोस्ट

एट्लेटिको मड्रिडले ग्रानडालाई हरायो, शीर्ष स्थानमा आठ अंकको अग्रता

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले ग्रानडामाथि जित निकालेको छ। लस कार्मेनेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली ग्रानडामाथि २-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। उनले खेलको ६३ औं मिनेटमा बनाएको अग्रता धेरैबेर भने टिक्न सकेन। खेलको ६६ औं मिनेटमा ग्रानडाका याङ्गेल हेरेराले गोल गर्दै खेल बराबरीमा ल्याए। उता एट्लेटिकोले ७५ औं मिनेटमा फेरि अग्रता बनायो। यसपटक एट्लेटिकोका लागि एन्जेल कोरेराले गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा एट्लेटिकोको जितका लागि उनको गोल नै निर्णायक बन्यो र एट्लेटिकोले २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै एट्लेटिकोले अंकतालिकामा ८ अंकको अग्रता बनाएको छ। शीर्षस्थानमा रहेको एट्लेटिकोले २१ खेलबाट ५४ अंक जोड्दा दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको रियल मड्रिडले समान ४६ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell