PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भागरथी हत्या प्रकरणः डिआइजी सुवेदी भन्छन्,'अपराधीको धेरै नजिक पुगिसेका छौँ'



पहिलोपोस्ट

भागरथी हत्या प्रकरणः डिआइजी सुवेदी भन्छन्,'अपराधीको धेरै नजिक पुगिसेका छौँ'
डिआइजी सुवेदीको फोटो एसएसपी हुँदाको फाइल फोटो हो।

काठमाडौंः शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आयोजित कार्यक्रममा निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गरे। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुरा भएको छ। तर अपराधी अझै पत्ता लाग्न सकेको छैन। प्रधानमन्त्रीको दावी पुरा हुन कति समय लाग्ने हो पत्तो छैन।

१० दिनअघि बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको घटना भने आलै छ। प्रहरी घटनाको अनुसन्धानमा नै छ। तर अझै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको छ। १० दिनसम्मको अनुसन्धानले भने प्रहरीलाई केही ट्याक दिएको छ। जसको कारण प्रहरी अपराधीको नजिक पुग्ने दाबी गरिरहेको छ। प्रहरीले भट्टको नजिक रहेका केही मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

घटनामाको शङ्काको घेरामा रहेका मानिसको केही फेरिफाई गर्न बाँकी छ। निर्मला प्रकरणबाट पाठ सिकेको प्रहरीले हतारोमा अभियुक्त यही हो भन्ने अवस्थामा छैन। त्यसैले धेरै कोणबाट प्रमाणित गर्न खोजिरहेको छ। सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम राज सुवेदी अहिले घटनास्थलमा नै पुगेर अनुसन्धान गरिरहेका छन्। डिआइजी सुवेदी अपराधीको नजिक पुगिसकेको दाबी गरेका छन्।

'अपराधीको नजिकै पुगिसकेका छौँ। केही फेरिफाई हुदैंछ। चाँडै नै हत्यारा पक्राउ गर्न सफल हुन्छौं,' डिआइजी सुवेदीले भने।

गत २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ बर्सिया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो। उनी दिउँसो २ बजेतिर विद्यालयबाट फर्किएकी थिइन्। पोस्टमार्टम रिपोर्ट अनुसार त्यही दिन दिउँसो हत्या भएको खुलेको छ।

प्रहरीले भट्टका चिने जानेका मानिसलाई पनि शङ्काको घेरामा लिएर अनुसन्धान गरिरहेको छ। मृतका परिवारले भने अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell