PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

बिहानै भक्तपुरको हनुमानघाटमा माधव नाराणयका भक्तहरुको कठोर पूजा, हेर्नुस् फोटोमा

बिहानै भक्तपुरको हनुमानघाटमा माधव नाराणयका भक्तहरुको कठोर पूजा, हेर्नुस् फोटोमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुरमा माधव नारायण मेला शुरु भइसकेको छ। साँखुमा माधव नारायण मेला शुरु हुने दिन नै भक्तपुरमा पनि नायारण मेला शुरु भएको हो।

आइतवार बिहान पनि माधव नारायणको दर्शनको लागि भक्तजनहरु हनुमानघाट पुगेका थिए। व्रतालुहरुहरुले सेतो कपडा लगाएर नदीमा स्नान गरेका थिए। एक महिनासम्म चल्ने मेलामा व्रतालुहरुसँगै माधव नारायणलाई नगर परिक्रमा गर्ने गरिन्छ। व्रतालुहरुले नदीको किनारमा सुतेर पूजाआजा गरेका छन्।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

व्रतालुहरु एक दिनअघिदेखि निराहार व्रत बस्छन्। एक महिनासम्म उनीहरुको व्रत जारी रहन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell