PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

काठमाडौंमा दुई पुरुष मृत फेला



पहिलोपोस्ट

काठमाडौंमा दुई पुरुष मृत फेला

काठमाडौंः काठमाडौंमा एकै दिन दुई जना पुरुष मृत फेला परेका छन्।

कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालीगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा मृत फेला परेका हुन्। उनी आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ।

यसै गरी काठमाडौं महानगरपालिका-८ स्थित बागमती खोला किनारमा अर्का एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन्।

दुवै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell