PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

विश्वका सय प्रभावशाली महिलामा परेकी सपनाले बस्नेत बिरुद्ध प्रहरीमा उजुरी दिइन्



पहिलोपोस्ट

विश्वका सय प्रभावशाली महिलामा परेकी सपनाले बस्नेत बिरुद्ध प्रहरीमा उजुरी दिइन्

काठमाडौंः विश्वको एक सय प्रभावशाली महिलाको सुचीमा परेकी सपना रोका मगरले आफूलाई अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्।

मगरले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा विनयजङ्ग बस्नेत विरुद्ध उजुरी दर्ता गराएकी हुन्। 'उहाँको उजुरी आइसकेको छ। अहिले जसको विरुद्ध उजुरी दिएको हो उनी काठमाडौं बाहिर रहेको बुझिएको छ। हामीले अनुसन्धान अगाडी बढाइसकेका छौँ,' परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने।

बस्नेतले आफूसँग सपनाको अश्लील फोटोहरू भएको र सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए। उनले विभिन्न युटुव च्यानलमा फोटोहरू सार्वजनिक गर्ने अन्तर्वार्ता दिएका थिए। त्यसैलाई आधार बनाएर सपनाले प्रहरीमा अभद्र व्यवहारमा उजुरी दिएकी हुन्। प्रहरीले पक्राउ पुर्जी लिएर बस्नेतलाई पक्राउ गर्ने तयारी गरेको छ।

१८ वर्षीय सपना बेवारिसे शव व्यवस्थापन गरेको कारण सय विश्वका एक सय प्रभावशाली महिलामा पर्न सफल भएकी थिइन्। बस्नेत पनि उनीसँगै शव व्यवस्थापनमा खटिँदै आएका थिए। पछिल्लो समय उनीहरू बिच सम्बन्ध बिग्रिएपछि बस्नेत बदनाम गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell