PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

वकिलले फेरि प्रधानमन्त्रीको भाषणको प्रसंग ल्याएपछि जंगिए न्यायाधीश सिन्हा



पहिलोपोस्ट

वकिलले फेरि प्रधानमन्त्रीको भाषणको प्रसंग ल्याएपछि जंगिए न्यायाधीश सिन्हा

काठमाडौंः वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको भाषणको प्रसंग ल्याएपछि न्यायाधीश अनिल सिन्हा झोक्किएका छन्।

प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दाहरुमाथि सर्वोच्च अदालतमा जवाफी बहसको क्रममा अधिवक्ता त्रिपाठी प्रधानमन्त्रीको भाषणको कुरा कोट्याएका थिए। त्यसपछि न्यायधीश सिन्हाले फेरी भाषणमा जानुभयो भन्दै झोक्किएका हुन्।

त्रिपाठीले प्रधानमन्त्रीको लिखित जवाफ, सरकारी वकिल र प्रधानमन्त्रीको भाषण नमिलेको भनेपछि न्यायाधीश सिन्हाले भने,'फेर भाषणमा जानुभयो, हामीले संवैधानिक र कानुनको प्रावधान खाजिरहेका छौं।'

जवाफमा त्रिपाठीले एकातिर लिखित जवाफमा पार्टीबाट सहयोग नगरेको भनेको र प्रधानमन्त्रीको  स्पिचमा उल्लेख्य विकास गरेको बताएका थिए। त्यसेमा  सिन्हाले यो हाम्रो सरोकारको विषय होइन भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell