PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेकपाको प्रचण्ड-नेपालको चौथो चरणको संघर्ष: चितवनसहित चार स्थानमा जनसभा, दैनिक जसो विरोध कार्यक्रम



पहिलोपोस्ट

नेकपाको प्रचण्ड-नेपालको चौथो चरणको संघर्ष: चितवनसहित चार स्थानमा जनसभा, दैनिक जसो विरोध कार्यक्रम

काठमाडौं :  प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव नेपाल समूहले चौथो चरणको आन्दोलनका कायक्रम सार्वजनिक गरेको छ।

समूहको तर्फबाट संघर्षसमितिले आइतवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। जसअन्तर्गत फागुन १ देखि १२ गते सम्म प्रदेश कमिटीको आयोजनामा र जिल्लाहरुमा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने भएको छ।

त्यस्तै फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरी मानव साङ्लो विरोध कार्यक्रम आयोजना गर्ने नेकपाले जनाएको छ। अपरान्ह ४ बजे देखि ५ गते सम्म मानव साङ्लो प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता तथा नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए।

त्यस्तै फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रमको आयोजना नेकपाको प्रचण्ड-माधव नेपाल समूहले गर्ने छ। फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गर्ने जनाएको छ। फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध बहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यक्रमलाई नेकपा निकट वुद्धिजिवी तथा पेशागत संगठनले आयोजना गर्ने भट्टराईले जानकारी दिए।

फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध

कार्यक्रम आयोजना गर्ने छ। यो कार्यक्रम काठमाडौंमा उपत्याकाब्यापी कार्यक्रम र सबै जिल्ला र पालिकाहरुमा विरोध कार्यक्रम हुने छ। फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रमको आयोजना गरिने संघर्ष समितिले जनाएको छ।

त्यस्तै फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा विरोधसभाको आयोजना गर्ने छ। त्यस्तै जनकपुर नेपालगंजमा पनि विरोधसभा गर्ने जनाएको छ। जनकपुर र नेपालगंजमा गरिने विरोधसभाको मिति पछि घोषणा गरिने भट्टराईले जानकारी दिए।

त्यस्तै यसबीच संधीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिनेसमेत बताइएको छ। फागुन १४ गते काठमाडौंमा युवा र्‍याली र फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौमा विरोध कार्यक्रमको आयोजना गरिने भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell