PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

केपी ओलीलाई होइन विधिको शासनलाई 'आइ लभ यु'

केपी ओलीलाई होइन विधिको शासनलाई 'आइ लभ यु'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रणय दिवसको अवसरमा आज पाटन दरबार स्क्वायरमा 'एभरी लभ म्याटर्स - माया त माया हो' भनेर कार्यक्रम आयोजना गरिएको छ।

प्रणय दिवसमा महिला पुरूषको मात्र होइन लैगिङ्ग अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं भन्दै युवाहरुले कृष्ण मन्दिरको प्राङगणमा सांगितिक प्रस्तुती र कविता वाचन गरिएको हो।

विवेकशील साझा पार्टी इन्द्रेणी विभाग र विवेकशील साझा पार्टी अभियान विभागको आयोजनामा सबै किसिमको मायालाई समान रूपमा स्वीकार गर्न जोड दिइएको थियो।

त्यसक्रममा सहभागीहरुले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभइ विधिको शासनलाई माया गरौं भन्ने लेखिएको प्लेकार्ड समेत बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell