अभिनेत्री वर्षा राउत र संजोक कोइरालाले विवाह गरेको दुई वर्ष भयो। उनीहरु प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर २०७५ सालमा वैवाहिक बन्धनमा बाँधिएका थिए।
उनीहरुले आज भ्यालेनटाइन डे र म्यारिज एनिभर्सरी रिर्सोटमा गएर मनाएको बताएका छन्।
‘भ्यालेन्टाइन डे र म्यारिज एनिभर्सरी एकै दिन परेको छ। पसलनजिकै रिर्सोटमा गएर प्राइभेट टाइम स्पेन्ड गरिरहेको छौँ,’ संजोकले भने।
बिहे अघिको भ्यालेन्टाइन र बिहे पछिको भ्यालेनटाइनमा केही फरक नपाएको सुनाउँछन् दुवै दम्पती। ‘बिहेअघि नि बिहे पछि नि माया गर्ने मान्छे पनि एउटै हो, अनि माया पनि एउटै हो।’
संजोग र वर्षाले ७ वर्षको प्रेमसम्बन्धपछि विवाह गरेका थिए।