PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आर्मीको सहज जितमा रश्मीको ह्याट्रिक



पहिलोपोस्ट

आर्मीको सहज जितमा रश्मीको ह्याट्रिक

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब चन्द्रपुर नगरपालिका रौतहटमाथि सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले आर्मीले रौतहटमाथि ६-१ गोलअन्तरले जित निकालेको हो।

आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिक सहित ४ गोल गर्दा बिमला चौधरीले दुई गोल गरिन्। उता चन्द्रपुरका लागि रजनी थोकरले सान्त्वना गोल गरिन्।

खेलमा घिसिङले खेलको १० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएकी उनले २२ औं मिनेटमा अर्को गोल थपिन्। त्यस्तै २३ औं मिनेटमा बिमला चौधरीले गोल थपिन्। उता चन्द्रपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्काउँदा पहिलो हाफमा आर्मी ३-१ गोल अन्तरले अघि रह्यो।

दोस्रो हाफमा ५० र ६१ औं मिनेटमा रश्मीले गोल गर्दा बिमलाले ५६ औं मिनेटमा बिमलाले गोल थपिन्।

जितसँगै आर्मीले शीर्षस्थानको एपीएफसँग अंकदुरी घटाएको छ। ९ खेलबाट २७ अंक जोडेको एपीएफ शीर्षस्थानमा रहँदा १० खेलबाट २५ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell