PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सर्वोच्चको मुख्य रजिस्टारमा कुँवर नियुक्त, पहिलो महिला रजिस्टार बनिन् पौडेल



पहिलोपोस्ट

सर्वोच्चको मुख्य रजिस्टारमा कुँवर नियुक्त, पहिलो महिला रजिस्टार बनिन् पौडेल

काठमाडौँः सर्वोच्च अदालतको मुख्य रजिस्टारमा लालबहादुर कुँवर नियुक्त भएका छन्। यस्तै रिक्त रजिस्टारमा पदमा निर्मला पौडेल नियक्त भएकी छन्। न्याय सेवा आयोगको सिफारिसमा माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले कुँवर र पौडेललाई नियुक्त गरेको हो। उनीहरु दुबैले आइतबार पदभार ग्रहण गरेका छन्।

तत्कालीन मुख्य रजिस्टार नृपध्वज निरौलालाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेसँगै रिक्त भएको पदमा कुँवर नियुक्त भएका हुन्। माघ २५ गतेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेको थियो। पौडेलको पनि सोही मितिमा सिफारिस भएको थियो।

पौडेल सर्वोच्च अदालतको रजिस्टारमा नियुक्त हुने पहिलो महिला पनि बनेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell