PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कैलालीमा स्याउला लिन गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु



पहिलोपोस्ट

कैलालीमा स्याउला लिन गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु
फाइल फोटो : रासस।

कैलाली : कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका-५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो।

डिभिजन बन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उनको मृत्यु भएको बताए। पुष्पाञ्जली सामुदायिक बनमा स्याउला लिन गएकी धामीलाई बाघले आक्रमण गरेको हो। हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो।

बनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो। सोही बघले गत शुक्रवार एक जनालाई आक्रमण गरी घाइते बनाएको थियो।

बाघले स्थानीयलाई आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले बाघको खोजतलास गरी व्यवस्थापन गर्ने तयारी थालेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले त्यसको व्यवस्थापनका लागि तयारी थालिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell