PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई



पहिलोपोस्ट

साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई
तस्बिर राखेप

काठमाडौं: नेपाल आर्मीले तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आइतवार जितेको छ।

कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रतियोगितामा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्‍यो। निलिमा पाण्डेले ३९ औं र ५६ औं मिनेटमा गोल गरिन्। ५ टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा आर्मीले शत प्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो। आर्मीले सर्वाधिक १२ अंक जोड्यो। ४ खेलमा ३ मा जित र १ मा हार व्यहोरेको सुदूरपश्चिम ९ अंकसहित दोश्रो भयो।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा समान २–२ मा जित/हार निकालेको प्रदेश दुई ६ अंकसाथ तेश्रो स्थानमा रह्यो। शीर्ष तीन स्थान हात पार्ने टोली क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाए।

सान्त्वना जित निकालेको गण्डकी प्रदेश चौथो भयो। आइतबारै गण्डकीले प्रदेश १ लाई २–० ले हरायो। जितमा दुवै गोल सोनु बरालले क्रमशः २५ औं र ३६ औं मिनेटमा गरिन्। ३ मा हार र १ मा जित आत्मासात् गरेको गण्डकीले ३ अंक जोड्यो। सबै ४ खेल गुमाएको प्रदेश १ अंकविहीन बन्दै पुछारमा रह्यो।

सुदूरपश्चिमकी लक्ष्मी बम प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। प्रतियोगिता अवधिभर ८ गोल गरेकी आर्मीकी निलिमा पाण्डे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्। सुदूरपश्चिमकी ममता भट्ट उदीयमान खेलाडी चुनिइन्। गण्डकीकी प्रेमा परियार उत्कृष्ट गोलरक्षक बनिन्। चारैले जनही ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell