PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड



पहिलोपोस्ट

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ। द हावथ्रोन्स स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको हो।

खेलको दोस्रो मिनेटमै एम्बाए डिआग्नेको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। उता युनाइटेडका लागि ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछी दुबै टिमले गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा रोकियो।

गएराति नै भएका अन्य खेलहरुमा वुल्भ्सले साउथह्याम्टनलाई २-१ ले हराउँदा आर्सनलले लिड्समाथि ४-२ गोलअन्तरको जित निकाल्यो। त्यस्तै फुलहमले एभर्टनमाथि २-० गोलअन्तरको जित निकाल्यो।

युनाइटेड बराबरीमा रोकिएसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी बढेको छ। सिटीले २३ खेलबाट ५३ अंक जोड्दा दोस्रो स्थानको युनाइटेडले २४ खेलबाट ४६ अंक जोडेको छ। त्यस्तै वेस्टब्रुम १३ अंक जोड्दै तालिकाको १९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell