PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आर्सनलको जितमा औबमेयाङको ह्याट्रिक



पहिलोपोस्ट

आर्सनलको जितमा औबमेयाङको ह्याट्रिक

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलले लिड्स युनाइटेडमाथि ४-२ गोलअन्तरले जित निकालेको हो।

आर्सनलको जित पिअरे एम्रिक औबमेयाङले ह्याट्रिक पुरा गरे। त्यस्तै हेक्टर बेलेरिनले १ गोल गरे। उता लिड्सका लागि पास्कल स्ट्रुइज्क र हेल्डर कोस्टाले गोल गरे।

खेलको १३ औं मिनेटमा आर्सनललाई अग्रता बनाएका औबमेयाङले ४१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। त्यस्तै ४५ औं मिनेटमा बेलेरिनले गोल थप्दा पहिलो हाफमा आर्सनल ३-० ले अघि रह्यो।

दोस्रो हाफको सुरुमै औबमेयाङले गोल थप्दै ह्याट्रिक पुरा गरे। उनले ४७ औं मिनेटमा गोल स्मीथ रोवको पासमा गोल गरेका थिए। उता लिड्सले पनि दोस्रो हाफमा पुनरागमनको प्रयास गरेको थियो। खेलको ५८ औं मिनेटमा स्ट्रुइज्कले गोल फर्काउँदा ६९ मिनेटमा कोस्टाले गोल गरेका थिए। यद्यपि आर्सनललाई रोक्न त्यो पर्याप्त हुन सकेन। र, ४-२ गोलअन्तरले आर्सनलले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै आर्सनल २४ खेलबाट ३४ अंक जोडेको आर्सनल अंकतालिकाको १० औं स्थानमा उक्लिएको छ भने २३ खेलबाट ३२ अंक जोडेको लिड्स ११ औं स्थानमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell