PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

लाजियोलाई हराउँदै इन्टर शीर्षस्थानमा, लुकाकुको दोहोरो गोल



पहिलोपोस्ट

लाजियोलाई हराउँदै इन्टर शीर्षस्थानमा, लुकाकुको दोहोरो गोल
Photo: Reuters

इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा इन्टर मिलानले लाजियोलाई हराएको छ। सन् सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मिलानले लाजियोलाई ३-१ गोलअन्तरले हराएको हो।

इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा लौटरो मार्टिनेजले एक गोल थपे।

खेलको २२ औं मिनेटमा लुकाकुले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मिलानलाई अग्रता दिलाएका थिए। त्यस्तै लुकाकुले नै ४५ औं मिनेटमा दोस्रो गोल गर्दा पहिलो हाफमा मिलान दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा लाजियोका सेरगेज मिलिनकोभिक-साबिचले गोल फर्काए। उनले ६१ औं मिनेटमा गरेको गोल लाजियोका लागि सान्त्वना गोल बन्यो। उता मिलानका लागि ६४ औं मिनेटमा लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै घरेलु टोलीको ३-१ गोलअन्तरको जित सुनिश्चित गरे।

जितसँगै इन्टर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको इन्टर मिलानले २२ खेलबाट ५० अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एसी मिलानले २२ खेलबाट ४९ अंक जोडेको छ। त्यस्तै ४३ र ४२ अंक जोडेका रोमा र युभेन्टस क्रमश तालिकाको तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell