PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

प्रचण्ड नेपाललाई ओलीको प्रश्न: राजनीति गर्नुहुन्छ की ज्योतिष शास्त्र पढनुहुन्छ?



पहिलोपोस्ट

प्रचण्ड नेपाललाई ओलीको प्रश्न: राजनीति गर्नुहुन्छ की ज्योतिष शास्त्र पढनुहुन्छ?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संविधानको सीमा ननाघेको दावी गरेका छन्। संविधानलाई मिचेर संसद विघटन गरेको ओलीलाई आरोप लागिरहेका बेला सिंहदरवारको पुनर्निर्मित भवनलाई उदघटान गर्दै ओलीले जनादेशमा जाँदा प्रतिगमन नहुने दावी गरे।

'जनताका बिचमा जनादेशका लागि जाँदा। हाम्रो प्रणालीले चुनाव त गराउँछ नै उहाँले केलाई प्रतिगमन भन्नुभएको हो?,' उनले प्रश्न गरे।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले चुनाव नहुने भन्दै कुप्रचार गरेको उनको आरोप लगाए। उनले आफूले संविधानको सीमा ननाघेको बताए।

'के संविधानले कोरेका सीमा भन्दा के हामी पछि हटेका छौ?,' उनले प्रश्न गरे, 'चुनाव त हाम्रो प्रणालीमा हुन्छ नै चुनावलाई प्रतिगमन भन्नुभएको हो? के हामी जनतासँग मत माग्ने र उनीहरु जनताले चुनेका प्रतिनिधिबाट शासन सञ्चालन गर्नबाट पछि हटेका छौं। के मैले चुनाव गराउन्न भने?'

प्रचण्ड नेपालको चुनाव नहुने विश्लेषण सहि नभएको उनको भनाई छ।

'म भन्दै छु बैसाख १७ र २७ गते चुनाव गराउछुँ भनेर। निर्वाचन आयोग त्यसको तयारीमा लागेको छ। कुनै हालतमा चुनाव हुदैन भनेर उहाँहरुको कस्तो भविश्यवाणी हो। राजनीति गर्नुहुन्छ की ज्योतिष शास्त्र पढनुहुन्छ? जन्मकुण्डली पल्टाउनु हुन्छ की राजनीति गर्नुहुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell