PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ठूलो ब्यानरले त हाँच्छ्युँ गरे पनि बिक्छ : भुवन चन्द



लक्ष्मी बलायर

ठूलो ब्यानरले त हाँच्छ्युँ गरे पनि बिक्छ : भुवन चन्द

काठमाडौं : चारित्रिक अभिनेत्री भुवन चन्दले ठूला ब्यानरले बनाएको फिल्म जस्तो भएपनि बिक्ने धारणा व्यक्त गरेकी छिन्। उनले पहिलोपोस्टसँगको कुराकानीमा ब्यानरको नाम अनुरुप फिल्मको व्यापार हुने बताएकी हुन्।

नेपालमा तीन-चार वटा ठूला ब्यानर भएको र उनीहरूले ‘हाँच्छ्युँ’ गरेपनि बिक्ने बताइन्। भनिन्,’ती बाहेक अरुले फिल्म बनाउँदा धेरै पटक सोच्नुपर्छ।'

चन्द स्वयंको फिल्म निर्माण कम्पनी चन्द्रबिनायक प्रोडक्सन हाउस छ। त्यहाँबाट उनले रमेश थापासँगको सहकार्यमा फिल्म ‘साइनो’ बनाइन्। लगानी गरेपछि उनले फिल्म क्षेत्रको वास्तविकता बुझेको बताइन्। भनिन्,’पहिले फिल्म मात्र खेल्थें। त्यसैले पैसाको खेल बुझेको थिइँन। वास्ता पनि हुँदैन थियो। आफूले खर्च गरेपछि बल्ल यहाँभित्रको राजनीति थाहा पाएँ।‘

फिल्म साइनो बनाएपछि निर्माताहरूले निरुस्साहित हुनुको कारण चाल पाएको सुनाइन्। भनिन्,’फिल्म क्षेत्रको राजनीतिका अगाडि देशमा भइरहेको राजनीति फिक्का छ।‘ राजनीति कम गर्न नेपाल सरकार र वितरकले निर्माताहरूलाई प्रोत्साहित गर्नुपर्न बताइन्। किनकि वितरकले लगानी र कमाइमा गर्ने हिनामिनाले आफू स्वयं पीडित भएको अनुभव व्यक्त गरिन्।

हाल बनिरहेका नेपाली फिल्ममा कथावस्तु सबल नभएको बताइन् उनले। फिल्म रमाइलो गर्ने भाडोमात्र नभइ सामाजिक रुपमा प्रभाव पार्ने हुनुपर्ने बताएकी हुन्।

त्यस्तै नेपाली फिल्महरूमा भारतीय फिल्महरूको प्रभाव धेरै हुनुप्रति पनि गुनासो गरिन्।

'नेपालीहरुको मनस्थिती नै यस्तो भइसक्यो कि बलिउडको जस्तो फिल्म राम्रो हुन्छ। तर त्यसो होइन मौलिक कथा सामान्य भएपनि बिक्छन्’, उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell