काठमाडौं : शनिवार नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली सर्वसम्मत चयन भए। नयाँ नेतृत्व आएसँगै पूर्वअध्यक्ष केपी पाठकले भने समाजको सदस्यता नै त्याग्ने घोषणा गरे। फेसबुकमार्फत सदस्यता नरहने घोषणा गरेका पाठकले असन्तुष्टि जनाएको विषय हो - चुनावी प्रक्रिया। चुनावी महाधिवेशनमा गैरसदस्यको प्रभाव बढी भएको कारण आफूले सदस्यता त्यागेको उनको दाबी रह्यो। ‘हिजोको चुनावी साधारणसभामा गैरसदस्यको प्रभाव बढी थियो। उनीहरुलाई…
‘छक्का पञ्जा ४’ ले प्रदर्शनको दोस्रो सातासम्म पुग्दा १० करोड रुपैयाँ कमाइसकेको छ। अहिले पनि राजधानी र मोफसलमा यो फिल्मको कमाइ बढ्दो छ। फिल्मले समीक्षात्मक रुपमा पनि राम्रै 'कमेन्ट' पाइरहेको छ। दर्शकको साथ र आर्थिक रुपमा पनि बलियो भए पनि चौथो सिरिजसम्म आइपुग्दा फिल्मले पुरानै गल्तीहरु दोहोर्याइरहेको देखिन्छ। सुरुवातको सिरिजदेखि नै फिल्ममा दिपकराज गिरी हाबी छन्। ‘छक्का पञ्जा ४’…
काठमाडौं : छोटो समयमै चर्चित माध्यम बनेको छ : टिकटक। सहज पहुँच र छोटा भिडियोमा पनि राम्रो ‘भ्यूज’ आउने हुँदा सर्वसाधारणदेखि सेलिब्रेटीसम्म पनि यसको लोकप्रियता बढ्दो छ। सुरुमा टिकटकमा १५ सेकेन्डदेखि १ मिनेटसम्मको भिडियो राख्न पाइन्थ्यो। तर, अहिले समय लम्बिएर १० मिनेटसम्म पुगेको छ। जसकारण युवापुस्ताले प्रतिभा देखाउनेदेखि विज्ञापन गर्ने थलो बनेको छ टिकटक। पछिल्लो समय गीत र फिल्मलाई प्रचार…
काठमाडौं : नर्वेको चर्चित ब्यान्ड ‘मोटरसाइको’ टिम यतिखेर नेपालमा छ। नाटकमा म्युजिक भर्न नेपाल आएको ब्यान्डले बिहीवार मण्डला थिएटरमा साँगीतिक प्रस्तुती दियो। संगीतकार न्ह्यु बज्राचार्य, निर्देशक सुवर्ण थापा, कवि विप्लव प्रतिक लगायतका कलाकारहरुले ब्यान्डको संगीत सुन्दै रमाए। मण्डला थिएटरले नर्वेको ओस्लोस्थित थिएटर कम्पनी डे उट्भाल्ग्तेसँगको सहकार्यमा गर्न लागेको नाटक ‘वानप्रस्थ’ चैत १ गते पाटन दरबार संग्रहालयमा 'प्रिमियर' हुनेछ। त्यसैगरि, चैत २…
पहाडको टुप्पोमा सानो घर छ। घर पनि के भन्नु- ठेट बोलीमा छाप्रो। फलेकले बारेको, चोयाको चित्राले छाएको। रुघ्न छाप्रोमा आफ्नो प्रेमिल जीवनमा पेन्सन पकाइसकेका दम्पतीको जीवन चलिरहेको छ। वस्तुभाउ उनीहरुको मन भुलाउने आधार। उनीहरुबिच प्रेम अथाह छ तर एउटै फोटोले फाटो नै ल्याइदिन्छ त्यो सम्बन्धमा। अनि चित्त दुखाईमा बुढेसकाल लागेकी कुशमाया माइत हिँड्छिन्। कुमारध्वजकै कारण यो सब भइरहेको छ। कुशमाया कुम्लो…
ललितपुर : ग्यालरीभित्र जाने बित्तिकै लहरै देखिन्छन् खुर्सानीहरु। कुनै सिधा त कुनै बाङ्गिएका अनि केही चाउरिएका र सुकेका पनि। भित्ताभर रातो, पहेलो, हरियो र बैजनी लगायत रंगमा खुर्सानीका विविध आकृतिहरु। खुर्सानीका ती अनेकरुप र आकृतिहरुले 'पिरो' खुर्सानीको यात्रा बोल्दै थियो। दृश्य हो ललितपुरको मिखाबहालस्थित नेवा: छेँ आर्ट ग्यालरीको। जहाँ कलाकार सरिता डंगोलको ‘एन ओडिस्से विथ चिल्ली’(खुर्सानीसँगको यात्रा)शीर्षकमा एकल प्रदर्शनी चलिरहेको…
काठमाडौं : इटहरीबाट काठमाडौं आइपुग्दा सोनु जयन्ती र प्रज्ज्वल पराजुली खुसी देखिन्थे। इटहरीमा थिएटर हुर्काइरहेका यी दुई रंगकर्मीमध्ये सोनु भन्दैथिए, ‘काठमाडौंमा हाम्रा विद्यार्थी पनि छन् जो नाटकमै जीवन खोजिरहेका छन्।’ अनि प्रज्ज्वल भन्दैथिए, ‘उसो त हामी नाटकमात्र सिकाउँदैनौँ। असल मानिस बन्न सिकाउँछौ।’ काठमाडौंबाटै नाटकको मियो समाएर उता फर्केका उनीहरुले ‘लोकल टेस्ट’ बोकेर आएका थिए। इटहरीको नाटकको इतिहास खोतल्दा विसं २०५९…
काठमाडौं : इलामको चियावारी क्षेत्र वरिपरिको दृश्य। फिल्मको मुख्य पात्र जयनारायण शर्मा(विपिन कार्की)। जो २७ वर्षीय शिक्षक पेशाबाट अवकाश लिँदैछन्। विद्यार्थीका लागि भनेर उनले छात्रवृत्ति कोषसमेत खोलेका छन्। जयनारायण सहयोगी छन्। श्रीमती लक्ष्मी शर्मा(अरुणा कार्की)सँग उनको विछट्टै माया छ। यी दम्पतीका तीनै जना छोरा गाउँमै हुर्किए। तर अहिले सबै शहर पुगेका छन्। करियर बनाउन उनीहरु यति व्यस्त छन् कि घर…
काठमाडौं : आगामी वैशाख १ गतेको लागि ६ वटा फिल्महरुले प्रदर्शन मिति तय गरिसकेका छन्। सुरुमा ‘भगवत् गीता’ ले वैशाख १ को लागि प्रदर्शन मिति ‘फिक्स’ गरेको थियो। त्यसपछि सोही दिन ‘रिलिज डेट’ घोषणा गरे फिल्म ‘जारी’, ‘नाइँ नभन्नु ल-६’, ‘प्रसाद-२’, ‘बिहे पास’ र ‘बुलाकी’ले। यी फिल्म मध्ये छायाङ्कन सुरु नै नभएको ‘भगवत् गीता’ सोही मितिमा रिलिज हुने सम्भावना कम…
काठमाडौं : चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाली सिने फेस्ट’ विवादमा परेको छ। फिल्म ‘महापुरुष’ बहिष्कार गरेसँगै 'फेस्ट' विवादमा तानिएको हो। आफ्नो फिल्म अनुमति बिनै प्रदर्शनको सूचीमा राखेको भन्दै आपत्ति जनाएसँगै फेस्टिभल विवादमा तानिएको हो। ‘महापुरुष’ निर्माण कम्पनी षट्कोण आर्ट्स्ले बोर्डले सूर्य कर्पोरेसनजस्तो विवादास्पद कम्पनीसँग मिलेर फेस्टिभल गर्ने दाबी गरेसँगै बोर्डको नियतमाथि समेत प्रश्न उठिरहेको छ। ‘महापुरुष’ ले फेस्टिभलमा…
काठमाडौं : तीन दशकअघि ‘हिजो आजका कुरा’ बाट अभिनय यात्रा सुरु गरेका जितु नेपाल पछिल्लो समय ‘मुन्द्रे’ उपनामबाट परिचित छन्। सानो पर्दाबाट ठूलो पर्दासम्म दर्शकलाई हसाउँदै आएका उनले पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ मार्फत दर्शकलाई हसाइरहे। जितु यसअघि फिल्ममा सहायक पात्र र हास्य कलाकारका रुपमा देखिँदै आएकोमा यसपटक भने फरक अवतारमा आउने भएका छन्। फिल्म ‘ह्यारीकी प्यारी’ मा मुख्य भूमिकामा देखिदैछन…
काठमाडौं : प्रदीप कुमार मैनाली अर्थशास्त्री हुन्। तैपनि उनको रुचिको विषय हो साहित्य। त्यसमध्ये पनि गजल लेख्न औधी मनपराउने। १२ वर्षदेखि निरन्तर गजल लेखनमा सक्रिय छन् प्रदीप। संसारमा संघर्ष नगर्ने को होला? संघर्षका क्षण हरेकका जीवनमा दु:ख आउँछन्, जान्छन्। दु:खपछि सुख। प्रकृतिको नियमित चक्र पनि हो। तर दु:खको आउजाउ नियमित चल्ने रहेछ, सुखको आजजाउ क्षणिक। यस्तै सोच्दै तीन वर्षअघि प्रदीपको दिमागमा…
काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलायन्सको विमान दुर्घटनामा परेको खबरसँगै पोखरा नदीपुरमा आयोजना गरिएको स्मृति कप स्थगित भएको छ। नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तर छन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो। चौथो सङ्ग बहादुर तथब्जा स्मृति कप नामक प्रतियोगितामा निराले सांगीतिक प्रस्तुति गर्ने कार्यतालिका थियो। निराले आफ्नो सामाजिक सञ्जालमा दिउँसो…
काठमाडौं : अहिले नेपाली सिनेमा क्षेत्रमा दुई फिल्मको चर्चा व्यापक छ। दीपक राज गिरीको ‘छक्कापञ्चा ४’ र अनमोल केसीको ‘छड्के २’ लाई लिएर बहस भइरहेको हो, कारण : बहुप्रतिक्षित भनिएको यी दुवै फिल्मको प्रदर्शन मिति एकै दिन हुनु। यी दुवै फिल्म फागुन १९ गते रिलिज हुने तरखरमा छन्। कोरोना महामारीपछि नेपाली फिल्म क्षेत्रले लय समात्न सकिरहेको छैन। त्यसमाथि दुई ठूला…
मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म काले भन्छन् मलाई तर मान्छे गोरो म सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन् म त अझै गोठमा, छैन हाँसो ओठमा चर्चित नेपाली बालगीत ‘मेरो गाउँ ज्यामिरे’ को सुरुवाती अंश हो यो। रेडियोमा यही गीतसुनेर हुर्केकाहरुलाई आज पनि यो गीतले बाल्यकालमा फर्काइदिँदो हो। म पनि यही गीत सुन्दै हुर्केँकी। भर्खरै ओस्करका लागि सिफारिसमा परेको ‘ऐना झ्यालको…
आज सन् २०२३ को पहिलो दिन। सन् २०२२ लाई फर्केर हेर्दा बलिउड फिल्मको लागि सम्झन लायक वर्ष बन्न सकेन। कोरोना महामारीले भारतीय फिल्म उद्योग कठिन अवस्थाबाट गुज्रियो। सन् २०२२ को सुरुवातमा कोरोनाको ओमिक्रोन भेरियन्टले असर गरेतापछि फेब्रुअरीको अन्त्यबाट लगातार फिल्महरु रिलिज भए। २५ फेब्रुअरीमा रिलिज भयो आलिया भट्टको मुख्य भूमिका रहेको ‘गंगुबाई काठियावाडी’। माफिया डन गगुंबाईको जीवनमा केन्द्रित यो फिल्मले…
काठमाडौं : सोमवार संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ विमोचन भयो। पुस्तक सार्वजनिक भएसँगै ३७ वर्षअघि रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ विवाद बल्झिएको छ। गजमेरले पुस्तकमार्फत ‘कुसुमे रुमाल’ फिल्मलाई नेपालमा प्रदर्शन गर्ने विषयमा फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन्। ‘कुसुमे रुमालको सुटिङ अनि पोस्ट-प्रोडक्सन सकिएपछि फिल्मको प्रिन्ट तयार भयो। यसैबीच हामीसामु एउटा प्राविधिक समस्या…
हे जानु है बेलुकी पानी पिएर घुम्न जाउँ तलतिर दश लाख लिएर बालगायिका कमला घिमिरेको टुक्का सुनेर सबै हाँस्छन्। कमला पनि खित्का छाडेर हाँस्छिन्। एकछिन रोकिन्छिन् अनि सँगै दोहोरी गाउनेहरुले लय तान्दै गीत अघि बढाउँछन्। त्यसपछि गीत गाउने पालो आउँछ - सुमन परियारको। उनले कमलाको गीतको जवाफ दिँदै भन्छन: नानीको कुराले सातो गयो नि दश लाखको माया त मंहगो भयो नि…
काठमाडौं : 'नेपाली फिल्म उद्योगको भविष्य' विषयमा चलचित्रकर्मीबिच अन्तक्रिया भएको छ। अन्तर्राष्ट्रिय पवतीय महोत्सव (किम्फ) को २० औं संस्करणमा चलचित्रकर्मीहरुले नेपाली चलचित्रको वर्तमान अवस्था र भविष्यबारे मन्थन गरेका हुन्। फिल्ममा कथाभन्दा पनि कथालाई कसरी प्रस्तुत गरिन्छ भन्ने महत्वपूर्ण हुने बताउँछिन् रंगकर्मी आंकाक्षा कार्की। ‘पात्रलाई कसरी अगाडि बढाएका छन। त्यो फिल्मले के भन्न खोजेको हो र कसरी मानिसहरुको इमोसनसँग कनेक्ट भएको छ भन्ने ठूलो…
काठमाडौं : दीपा श्रेष्ठको बाल्यकाल संखुवासभामै बित्यो। साथीहरुसँग खेल्दै पढ्दै हुर्किइन् उनी। उमेर बढेसँगै सबै साथीहरु सपना पछ्याउँदै गाउँबाट टाढा भए। कोही अमेरिका पुगे त कोही बेलायत। कसैले हङ्कङलाई नै कर्मथलो बनाए। दीपा भने काठमाडौं आइन, नेपालमै बसिन्। व्यस्तताका कारण उनीहरुबिच कुराकानी हुन समेत छोड्यो। अहिले छुटिएका साथीहरुसँग दीपाको पुन:मिलन भएको छ। कुराकानीका क्रममा जीवनका भोगाईदेखि धुमिल हुँदै गएको बाल्यकालको…